२६ श्रावण २०८३, मंगलवार
,
Latest
महिला सशक्तीकरण र सामाजिक सुरक्षामा नेपाल–अष्ट्रेलिया सहकार्य विस्तार गर्नेबारे छलफल ‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरूः नीतिगत स्थिरता र पूर्वाधारमा… १२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविरमा करिब तीन हजार लाभान्वित आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न यातायात व्यवसायीको माग यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नयाँ ऐनको तयारीमा सरकार तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार सरकारी उद्योग मात्र चलाउने र निजी क्षेत्रका समस्याग्रस्त उद्योगलाई बेवास्ता गर्ने नीति मान्य हुँदैनः अध्यक्ष… अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस प्रमुख सचेतकको प्रश्न– रास्वपाले नैतिकताको पाठ सिकाउन मिल्छ ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको पाठ सिकाउन मिल्छ भन्दै प्रश्न गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रश्तुत गर्न आग्रह गर्नुभयो । उ

हाँले रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा नबाहिरिएको बताउँदै रास्वपाको संसदीय दलको नेतामा अहिले पनि निलम्वित सांसद लामिछाने नै रहेको जिकिर गर्नुभयो । उहाँले निलम्बित व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकता सिकाउनु जायज नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, ५ वटा मुद्दा उहाँमाथि छ । उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापति पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ । अरूसँग नैतिकता खोज्ने साथीहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म आग्रह गर्छु । रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा समेत बाहिरिएको छैन । संसद् सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ । जो सांसदबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यहीँ व्यक्तिलाई नै अहिले संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको सिकाउन कति मिल्ने हो ? कति जायज हो ?”  

भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आईतवारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसद्हरुले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् अगाडी बढाउनुभएको छ ।