८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय

इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
अ अ+ अ-

वालिङ । यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आउनुभएको छ । पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गर्नुभएको हो । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उहाँले बताउनुभयो ।

“वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ”, मल्लले भन्नुभयो, “पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।” फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आउनुभएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पु¥याउनुभयो । फर्ममा हाल २०० बढी घार रहेका छन् ।

जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । जङ्गलको मह प्रतिकेजी रु एक हजार ५०० र तोरीको मह प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको मल्लले बताउनुभयो । “चालु आर्थिक वर्षमामात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु । त्यसबाट रु १३ लाख आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको रु ८०० का दरले र टुनीको घारसहित रु नौ हजारका दरले बिक्री गर्ने गरेका छौँ । चालु आवमा ३०० फ्रेम मौरी बिक्रीबाट रु दुई लाख ४० हजार आम्दानी भएको छ”, उहाँले सुनाउनुभयो ।

फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उहाँलाई साथ दिनुभएको छ । स्थापनाकालदेखि हालसम्म रु २५ लाख लगानी भएको उहाँले बताउनुभयो । “यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “उद्यमशिलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको हुँ ।”रासस