२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड कपिलवस्तुमा



अ+ अ-

काठमाडौं । नेपालमा सलहको ठूला झुण्डहरु कपिलवस्तुको तीन नगपालिकाहरुमा देखा परेका छन् ।

प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार सलहको ठूला झुण्डहरु कपिलवस्तुको बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा देखा परेको बताए ।  आइतबार अपरान्हमा करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको प्रवक्ता सुवेदीको अनुमान रहेको छ ।  

करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले जानकारी दिए ।

नेपालमा शनिबार सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो ।