२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जबज अहिले पनि सान्दर्भिक’



अ+ अ-

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरिएको छ । 

राष्ट्रिय युवा सङ्घले आज चन्द्रागिरि नगरपालिका–११ मा वृक्षरोपण गरेको हो । कार्यक्रममा नेकपाका नेता किरण पौडेलले जननेता भण्डारीले प्रतिपादन गर्र्नुभएको जनताको बहुदलीय जनवाद (जबज) अहिलेपनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । 

“अक्सिजनका लागि बोटविरुवाको जति महत्व छ, त्यस्तै विश्व समाजवादी आन्दोलनमा जननेता भण्डारीको विचारले अक्सिजन प्रवाह गरी उर्जा प्रदान गरेको छ,”उहाँले भन्नुभयो । चन्द्रागिरि –११ का वडा अध्यक्ष हरिभक्त महर्जनले नेपालको समाजवादी आन्दोलनमा जननेताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।  कार्यक्रममा विभिन्न जातका १७५ वृक्ष रोपिएको थियो ।