२ श्रावण २०८२, शुक्रबार
,
Latest
जातीय पोशाकबाट आम्दानी सचिवालयको निर्णयलाई परिमार्जन गर्न इश्वर पोखरेलको आग्रह ‘राष्ट्रपतिबाट बिदा भइसकेपछि पार्टीमा फर्किने विषय गम्भीर छ, यसबारे पार्टीले संस्थागत रूपमा निर्णय गर्नु जरूरी… गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबिच भेटघाट एमालेभित्र विधि निर्माणको अन्योल अन्त्य भयोः महासचिव पोखरेल काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा विजय देवरकोन्डाको स्वास्थ्य बिग्रियो, डेंगुका कारण अस्पताल भर्ना मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस–एमाले तयार



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए मात्रै संसद् खोल्न तयार रहेको बताएपछि एमाले र कांग्रेस तयार भएको हो ।

सदन सुचारु गर्ने बारे नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।

सो छलफलमा नेकपा एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका स्रोतले बतायो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा तथा उच्चस्तरिय छानबिन समितीको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।