२५ असार २०८२, बुधबार
,
Latest
प्रतिनिधिसभाको बैठक बस्दै, बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत हुने आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति काठमाडौंको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कौरा संरक्षण गर्न प्रतियोगिता



अ+ अ-

दमौली । जिल्लाको भिमाद नगरपालिका(१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो ।

लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जाको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको क्लबका पूर्वअध्यक्ष सन्तराम थापाले जानकारी दिनुभयो ।

मगरको बाहुल्यता रहेको यस क्षेत्रमा कौरा नृत्य प्रख्यात रहेकाले यसको संरक्षण र संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले क्लबले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कौरा मगर जातिको संस्कृति हो, यसलाई लोप हुन दिनु हुँदैन भनेर संरक्षणमा जुटेका हौँ ।”

प्रतियोगितामा ऋषिङ सांस्कृतिक समूह प्रथम, नेपाल मगर सङ्घ भिमाद इकाई द्वितीय, सिरौले कौरा समूह तृतीय र चित्रे कौरा समूह चौथो भएका छन् । विजयीलाई क्रमशः रु ६० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयीलाई पुरस्कार वितरण गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरूरुले कौरा संरक्षणका लागि थालेको पहल उदाहरणीय रहेको बताउनुभयो । कौराको उत्पत्ति तनहुँको ऋषिङबाट भएको जनाउँदै उहाँले पालिकाले पनि मौलिक परम्परा र संस्कृति संरक्षण र प्रवर्द्धनमा समन्वय गर्दै आएको उल्लेख गर्नुभयो । रासस