काठमाडौं । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चल्न नदिने अडान कायमै राखेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेका विपक्षी दलको बैठकले भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न समिति बनाउनुपर्नेमा निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि छानबिन समिति बनाउने विषयमा आफूहरुबीच कुनै फरक मत नरहेको बताएका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले जेठ १३ गते देखि निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राख्दै आएका छन् ।










