२९ असार २०८३, सोमबार
,
Latest
रोयल्टी दोब्बरपछि मिनी क्यासिनो संकटमा, ५ हजार रोजगारी र १५० करोड राजस्व जोखिममा २१३औँ भानु जयन्तीमा सभामुख अर्यालद्वारा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, दुई घाइते कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव पोखरेल पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने भानु जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीको आह्वान : भाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिबद्ध बनौँ यसरी मनाईयो आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारीपत्र



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितीमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा स्वीट्जरल्यान्डको जेनेभामा सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी, तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धिका संयुक्त कार्यक्रमहरू सहित र लगानी प्रवद्र्धनलाई जोड दिइने उल्लेख छ ।

समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता तथा दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्च बिच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता उल्लेख गरिएको महासंघका अध्यक्ष ढकालले बताउनु भयो ।
यस्तै सम्झौता अनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास, र लगानी प्रवद्र्धनमा संयुक्त पहल गरिने उहाँले जानकारी दिनुभयो ।

यस्तै क्याम्फेबाका उपाध्यक्ष सोक लोरले महासंघ र क्याम्फेबाले महासंघ र क्याम्फेबाका बीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना, बलियो सञ्जाल, र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नु भयो ।

समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने भएको छ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भई ९० दिनको सूचनामा रद्द गर्न सकिनेछ प्रावधान छ । यो साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाई समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

समझदारी पत्र हस्ताक्षर समारोहमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ , कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिती रहेको थियो । यो सम्झौता दुई देशका व्यापारिक समुदायबीच सहकार्य र लगानी प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।