५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व आवश्यकः उपप्रधानमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरु किन खोजि किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताउनु भयो । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छाँै ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका छन् । हामीले देशभित्रैको सम्भावनालाई खोजि किन नगर्ने ? त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । यसको निम्ति सही राजनीतिक नेतृत्व, सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता पर्ने हो । त्यही भएर अहिले सरकारले यो विषय महत्वका साथ अघि सारेको छ । हामी हाम्रो जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छाै ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको छ । नयाँ प्रकारको इनोभेसन, उद्यमशिलता, मान्छेहरुलाई केन्द्रित गर्नेगरी कार्यक्रम बजेटले ल्याएको छ । हामी स्टार्टअप, आइटीको सन्दर्भमा खरु अरु प्रकारका उद्यमशिलताका सन्दर्भमा बजेटले कार्यक्रम ल्याएको छ, यसको कार्यान्वयनसँगै देशभित्रै भविष्य खोज्ने आधार बनाएर लैजानसक्छौँ ।   ’

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताउनु भयो । उहाँले नेपालसँग करिव ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गर्नुभयो । प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने बताउनु भयो ।