१५ असार २०८३, सोमबार
,
Latest
यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका स्वास्थ्य मन्त्रालयको दावि



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले सम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताउनुभएको छ । .

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै अहिले समम देशमा संक्रमण भएका १३ हजार संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताउनुभएको हो । उहाँले सोमबार सम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यस मध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको बताउनुभयो । मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिनुभयो । अहिले देशभर २२ वटा पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको र अवको केही दिन भित्र देशभर ३३ वटा ल्याब पु¥याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा विरामीको उपचारमा प्रयोग गरिने भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टीलेटर सहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोग स्वरुप उपलब्ध गराएको हो । १ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ । आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टीलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ ।