• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

भक्तपुर एमाले अध्यक्षमा देउजा



भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । आज साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिनुभयो । 

बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेतासमेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सुनाउनुभएको र त्यसमा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

टोलीले बाहिरबाटै मनोनित हुने १७ जना र सल्लाहकार समितिको समेत नाम टुङ्ग्याएर ल्याएको र आजै शपथग्रहणपछि बस्ने पहिलो जिल्ला कमिटी बैठकले उक्त नामलाई अनुमोदन गर्ने कार्यक्रम तय भएको बन्दसत्रमा सहभागी नेताले जानकारी दिएका छन् ।

जिल्ला अध्यक्षमा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दै आए पनि हिजो र आज बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्यूरो सदस्य बस्नेत, एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, प्रदेश सदस्य राजेन्द्र राजथलालगायतको अथक प्रयासले सर्वसम्मत नेतृत्व चयन गरेको बताइएको छ । रासस