८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि युएनएफपीए र बुद्ध एयरबिच सहकार्य

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि युएनएफपीए र बुद्ध एयरबिच सहकार्य
अ+ अ-

काठमाडौं । युएनएफपीए, संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि संस्था, तथा बुद्ध एयर प्रा।लि ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दि र रणनीतिक साझेदारी मार्फत समुदायको सुदृढिकरणका लागि सहयोग सम्झौता गरेका छन् ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन हवाई क्षेत्रको एक अग्रणि संस्था (जसले दैनिक रूपमा हजारौँ यात्रुहरूलाई गन्तव्यमा सुरक्षित रूपमा पुर्याउँदछन्) यस संस्था मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

ललितपुरमा जेठ २८, २०८२ मा गरिएको सम्झौतामा, युएनएफपीएको तर्फबाट नेपालको लागी प्रतिनिधि वोन योङ हङ्ग र बुद्ध एयरका तर्फबाट कार्यकारी निर्देशक आस्था बस्नेत थापाले हस्ताक्षर गरेका छन् ।

यस साझेदारी मार्फत दुबै पक्षले आगामि दुई बर्ष सम्म पैरवि र क्षमता अभिबृद्दिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनका निम्ति अवसरहरू प्रदान गर्दै सुरक्षित र समाबेशि वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

बुद्ध एयर प्रा. लि ले बोर्डिङ्ग पासका साथै हवाईजहाजमा राखिएका पम्पलेट र बुद्ध एयरको “यात्रा” नामक पुस्तिकामार्फ़त लैङ्गिक हिंसा सम्बन्धी सचेतनाका सूचना सम्प्रेष्ण गरिने छ। यी सामग्री मार्फत यात्रीहरूले हिंसा भएका खण्डमा कहाँ जानकारी प्राप्त गर्ने, कस्ता सेवा उपलब्ध हुन्छन, र हिंसा भोगेका व्यक्तिका अधिकारका बारेमा जानकारी प्राप्त गर्ने छन भने सबै पहुँचका लागि यस्ता सूचना लाई श्रब्यदृष्य सामग्री मार्फत सम्प्रेषण गरिने छ। साथै, युएनएफपीएले बुद्ध एयरका कर्मचारीहरूलागी यौन शोषण र दुर्व्यवहार सम्बन्धी तालीम बिशेषगरि उक्त घटना भएमा कसरी उजूरी गर्ने र कार्यस्थललाई सम्मानजनक र सुरक्षित बनाउने बारेमा प्रशिक्षण गर्ने छ।

सचेतना र क्षमता अभिबृद्दिका बाहेक यस साझेदारी मार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जिबिकोपार्जनका सहयोग र समाजमा पुनस्थापनाका लागि स्थानीय श्रम र अन्य ब्यापारिक संस्थासँग जोड्ने उद्देश्य राखिएको छ।

हस्ताक्षर समारोहमा बोल्दै युएनएफपीएकी प्रतिनिधि, योङ हौंगले, युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न नीजि क्षेत्रको भूमिका बारेमा थप प्रकाश पार्दै भन्नु भयो ( “बुद्ध एयरसँगको यो साझेदारीमार्फत हवाई यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म पुग्दै गर्दा लैङ्गिक हिंसा सम्बन्धी महत्वपूर्ण जानकारी पुर्याउन मद्दत गर्दछ। सबैका लागि सुरक्षात्मक, गरिमायुक्त र अधिकारमूलक वातावरणको प्रवर्द्धन गरेकोमा म बुद्ध एयरप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।”

बुद्ध एयरको तरफबाट आस्था बस्नेत थापाले भन्नु भयोस् हामी युएनएफपीएसँग साझेदारी गर्न पाएकोमा गौरन्वान्वित छौँ । यस साझेदारी मार्फत लैंगिक हिंसामा रहेको मौनतालाई तोड्न सकिनेछ। दैनिक रुपमा समुदायको संग जोडिएको हाम्रो संस्था मार्फत समुदायमा सूचना, सहानुभूति र काम मार्फत समुदाय सकारात्मक परिवर्तन ल्याउने विश्वास राख्छौं।

संयुक्त राष्ट्रको रुपन्तराणकारी एजेन्डा र लैंगिक हिंसा रोकथामका लागि राष्ट्रिय लक्ष्यहरू हासिल गर्न यस सहकार्य नीजि क्षेत्रको सामाजिक उत्तरदायित्वको एक नविन ढाँचा रहेको छ ।