१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरभक्षी चितुवा नियन्त्रण गरिने



फाईल फोटो
अ+ अ-

दमौली । यहाँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा नियन्त्रणका लागि बुधबारदेखि खोजतलास गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा चितुवा नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दुई महिनामा बन्दीपुर गाउँपालिका–२ मा चितुवाको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भइसकेको छ ।

बन्दीपुरका स्थानीयवासीले आज प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दैै चितुवा नियन्त्रण गर्नुपर्ने माग गरे । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले चितुवा नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्ने, सो जनशक्तिबाट सम्भव नभए राष्ट्रिय निकुञ्ज विभागलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । त्यसैगरी वन क्षेत्रको अध्ययन गरी चितुवाको गणना गर्न गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

चितुवाको आक्रमणबाट सोमबार साँझ बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङको मृत्यु भएको थियो । घरको आँगनमा खेलिरहेका गुरुङलाई चितुवाले आक्रमण गरेको थियो । त्यसैगरी गत चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनी क्षेत्रमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्ला आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् ।