१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनामा पहिलो पटक सिख समुदायको प्रतिनिधित्व



अ+ अ-

काठमाडौंं । नेपाली सेनामा पहिलो पटक सिख समुदायबाट प्रतिनिधित्व भएको छ ।

बाँके जिल्ला, जानकी गाउँपालिका वडा नं.२, बनकटुवा निवासी करण सिंह सिख २०८१ श्रावण १ गते श्री नं. ४ बाहिनी अड्डा, नेपालगञ्जमा भर्ना भई अछाम जिल्ला स्थित श्री गोरखबक्स गणमा सञ्चालन भएको सैन्य आधार तालिम सम्पन्न गरी मिति २०८२।०२।२३ गतेबाट नेपाली सेनाको सिपाही दर्जामा दीक्षित हुनु भएको हो ।

संवैधानिक व्यवस्था अनुसार समावेशिताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समुहका नेपाली नागरिकहरूलाई नेपाली सेनामा समान अवसर र पहुँच रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।