३१ जेष्ठ २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनामा पहिलो पटक सिख समुदायको प्रतिनिधित्व



अ+ अ-

काठमाडौंं । नेपाली सेनामा पहिलो पटक सिख समुदायबाट प्रतिनिधित्व भएको छ ।

बाँके जिल्ला, जानकी गाउँपालिका वडा नं.२, बनकटुवा निवासी करण सिंह सिख २०८१ श्रावण १ गते श्री नं. ४ बाहिनी अड्डा, नेपालगञ्जमा भर्ना भई अछाम जिल्ला स्थित श्री गोरखबक्स गणमा सञ्चालन भएको सैन्य आधार तालिम सम्पन्न गरी मिति २०८२।०२।२३ गतेबाट नेपाली सेनाको सिपाही दर्जामा दीक्षित हुनु भएको हो ।

संवैधानिक व्यवस्था अनुसार समावेशिताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समुहका नेपाली नागरिकहरूलाई नेपाली सेनामा समान अवसर र पहुँच रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।