१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम



अ+ अ-

गण्डकी । यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यार्थीलाई विज्ञान विषयमा अभिरुचि जगाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेहेन्दार, विपन्न एवम् सीमान्कृत वर्गका विद्यार्थीलाई शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न प्रदेशका ३४ वटा सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएका छन् । “पठनपाठनसँगै सीप प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि र आर्थिक स्तरीकरणसमेतमा सहयोग पुग्ने विश्वास छ ।”

उक्त कार्यक्रममा दुई हजार ५०० विद्यार्थीले सहभागिता जनाएका छन् । प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रम सुरुको अवस्थामा प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ र त्यसपछि प्रतिवर्ष दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिँदै आएको निर्देशक पौडेलले बताउनुभयो । प्रदेशका ३६ वटा सङ्घीय निर्वाचन क्षेत्रमा एक÷एक ‘स्टिमल्याब’ स्थापना गरी सो कार्यक्रम सञ्चालन गरिएका छन् ।

नवलपुर जिल्लाको देउचुली नगरपालिकास्थित भिमसेन आदर्श माविमा उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले नौमती बाजा एवम् मौरीपालन गरी आयआर्जन गरेको मन्त्रालयका उपनिर्देशक ऋषिराम बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन भएसँगै सो विद्यालयमा यसवर्ष १५० जना विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ ।

बास्तोलाले भन्नुभयो, “प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, लक्षित समुहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार र तह पुरा गर्ने दर बृद्धि गर्न छात्रवृत्ति कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।”

विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सीपसँग जोड्ने काम गरिरहेका छन् । विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र तरकारीखेती, हस्तकलाका सामग्री उत्पादन, पशुपालनलगायत गर्दै आएका छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कार्यक्रममा सहभागी गराइएको छ । रासस