८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सुडी समाजद्वारा महिला उपसमिति गठन

सुडी समाजद्वारा महिला उपसमिति गठन
अ अ+ अ-

काठमाडौँ । महिलाको हकहितको संरक्षण, संवर्द्धन तथा सशक्तीकरणको माध्यमबाट लैङ्गिक न्याय सुनिश्चित गरी समाजको अग्रगामी रुपान्तरणका लागि सुडी समाज काठमाडौँले महिला उपसमिति गठन गरेको छ ।

सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रीमती अञ्जु साहको संयोजकमा गठित उक्त उपसमितिका सदस्यहरूमा बबिता पञ्जियार, ममता साह, पुनम साह ९पूर्वे०, गीता साह, मुन्नी साह र ममता साह हुनुहुन्छ ।

‘सबै महिलाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा समाजका अध्यक्ष शीतलप्रसाद महतोले समाजका महिलाको युग सुहाउँदो प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप न्यूनीकरणका लागि महिला उपसमितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महिलालाई शिक्षित र आत्मनिर्भर बनाई समाजका हरेक गतिविधिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने नीति समाजको रहेको जानकारी दिनुभयो ।

समाजका उपाध्यक्ष शङ्कर साह सुडीले महिलाहरू आर्थिक रूपमा सक्षम भएमात्र आफ्ना हकअधिकार सुनिश्चित हुने धारणा राख्नुभयो । उपसमितिका संयोजक अञ्जु साहले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण र निर्णय प्रक्रियामा समान पहुँच सुनिश्चित गर्न महिलाले अझै मेहनत गर्न आवश्यक छ ।”