८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा
अ अ+ अ-

राँझा । बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ ।

अस्पतालले सेवा विस्तार गरेसँगै अब पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताउनुभयो ।

“अस्पतालमा सेवा विस्तारसँगै विभाग थपिएका छन्, बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन्”, मल्लले भन्नुभयो, “हामी कहाँ अहिले गम्भीर प्रकृतिका बाहेक क्यान्सरका सबैखाले अप्रेशन र उपचार हुने भएकाले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीले घर नजिकै उपचार सेवा पाएका छन् ।”

अध्यक्ष मल्लले सीमित स्रोत साधनबाट अस्पतालमा बिरामीलाई अधिकतम सेवा प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो । आफू अस्पताल व्यवस्थापन समिति नेतृत्वमा आएपछि अस्पतालमा अक्सिजन प्लान्ट, रक्त सञ्चार केन्द्र स्थापना, १५ श्ययाको डेकेयर, प्रयोगशाला र फार्मेसी भवन निर्माण, ५५ शैय्याबाट ९५ शैय्यामा विस्तार, कर्मचारी बस र बिरामी बोक्ने एम्बुलेन्स खरिद लगायतका कार्य गरेको जानकारी दिनुभयो ।

उहाँले सरकारी उपेक्षाका कारण हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नगरेको उल्लेख गर्दै अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताउनुभयो । अस्पतालमा जनशक्तिका लागि स्थायी दरबन्दी र पूर्वाधार विकासका लागि सरकारले ध्यान दिन सके अझ सेवा प्रभावकारी र सहज हुने उहाँको भनाइ छ ।

“अस्पतालमा अहिले क्यान्सरका बिरामीलाई किमोथेरापी सेवा सञ्चालनमा भए पनि बिरामीलाई श्यया छैन, कर्मचारीका लागि आवासको व्यवस्था छैन”, अध्यक्ष मल्लले भन्नुभयो, “अस्पतालको पूर्वाधार विकास र जनशक्तिको स्थायी दरबन्दीका लागि पटक पटक सरकारसँग माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन ।”

क्यान्सर अस्पतालमा हालसम्म उपचारका लागि आएका एक लाख ४३ हजार ३३४ बिरामीमध्ये ५२ हजार ७९३ जनामा क्यान्सर रोग पुष्टि भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा २०८१ साउनदेखि हालसम्म ३२ हजार ९०३ बिरामीले उपचार सेवा लिइरहेका छन् । यसमा एघार हजार ३१९ जना नयाँ बिरामी रहेका थिए । क्यान्सरको विशेषज्ञ सेवासमेत प्रवाह हुन थालेपछि खजुरामा बिरामीको चाप बढेको उहाँको भनाइ छ । हाल अस्पतालले अत्याधुनिक उपकरणसहितका आइसियू, इमरजेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्राकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे, रेडियोथेरापी सेवा प्रवाह गर्दै आएको छ ।

खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौँबाट समेत बिरामी आउन थालेको पाइएको छ । नयाँ प्रविधिको प्रयोग गरेर विशेषज्ञ चिकित्सकले क्यान्सरका बिरामीलाई आवश्यक सबै खाले सेवा खजुरामै पाएपछि पश्चिम नेपालका जनताको समय र पैसा बचेकाले हरेक किसिमबाट लाभदायक भएको अस्पतालका रेडियसन अनकोलिष्ट डा मुकेश यादवले बताउनुभयो ।रासस