२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत

म जिल्ला जाँदा एमालेलाई सोधिराख्नुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी

म जिल्ला जाँदा एमालेलाई सोधिराख्नुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देशमा भ्रमणमा निस्किँदा एमालेलाई सोध्नु नपर्ने बताउनुभएको छ ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘पार्टीगत रुपमा हेर्दा म जुन पार्टीबाट जन्मिएँ, हुर्कें र यो स्थानमा पुगें । त्योभन्दा फरक त सोच्न सकिने कुरा भएन । उहाँले भन्नुभयो ।

यस्तै, पूर्वराष्ट्रपति भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको पनि बताउनुभयो ।

नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उहाँको भनाई छ ।

यस्तो छ, विराटनगर विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारी र पत्रकारहरुबीचको कुराकानी–

तपाईं पूर्व आउँदा काठमाडौंमा भुइँचालो किन जान्छ ?

त्यस्तो त थाहा छैन मलाई । पूर्वमा खासगरी म दुईवटा कार्यक्रमको सन्दर्भमा आएको हुँ । पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ ।

अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए । अहिले आईटीको युगमा मलाई पनि रुचि थियो । उहाँहरुले निमन्त्रण गर्नुभयो र त्यो कार्यक्रमको लागि आएको हुँ । त्यसो हुँदा राम्रो कुराको प्रचार प्रसार हुन्छ भने हामी सबै खुसी हुनुपर्छ ।

अस्ति चीन जानुभयो पार्टी नेताको हैसियतमा । त्यहाँबाट फर्किएर पहिलोपटक झापामा आउनु भयो पार्टीले आयोजना गरेको कार्यक्रममा । यसको सन्देश तपाईं सक्रिय राजनीतिमा आउन लागेको भन्ने हो ?

म त्यस्तो व्यक्ति परेँ कि म जहाँ जन्मे, हुर्कें र यो स्थानमा पुगेँ । त्यो समाजबाट आजको मितिसम्म आउँदाखेरि एउटै लाइनमा म छु । तपाईंहरुले यसो हेर्नुभयो भने बुझ्नु हुन्छ । पहिलेदेखि नै वामपन्थी आन्दोलनमा लागियो । त्यसको पनि एउटा खास धार, एउटा संगठन हामी आयौं । अहिलेसम्म पनि, म राष्ट्रपति हुँदासम्म पनि नेकपा एमालेले प्रस्ताव गरेर अरु वापमन्थी र अरु क्षेत्रीय पार्टीहरुले समेत समर्थन गरेर म देशको राष्ट्रपति भएको हुँ ।

राष्ट्रपतिको निर्वाचनमा पनि अहिले जुन गठबन्धन छ, नेकपा एमाले र नेपाली कांग्रेसको । नेपाली कांग्रेसले कहिले पनि मलाई भोट दिएन । बरु माओवादीहरुलाई दियो, सभामुखहरुको चुनावमा, अरु प्रसंगहरुमा । तर लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेसले मलाई चाहिँ भोट दिएन । राष्ट्रपति त एक जना हुने हो । जित्ने स्थिति थिएन । सर्वसम्मत गराउँदाखेरि के हुन्थ्यो र ।

त्यसकारण यो लाइनको कुरा गर्ने हो भने सदैव वामपन्थी भित्रको एउटा खास धारमा अहिलेसम्म प्रभावित भइरहेको छु । त्यो भन्दाखेरि अब विद्या भण्डारी पार्टीगत राजनीतिमा के हुन्छ रु कहाँ जानु होला भन्ने प्रश्न होला । पार्टीगत रुपमा हेर्दाखेरि त म जुन पार्टीबाट जन्में, हुर्कें र यो स्थानमा पुगें । त्योभन्दा फरक त सोच्न सकिने कुरा भएन ।

एउटा समृद्ध राष्ट्रको हामीले जुन परिकल्पना गरेका छौं र नेपाली विशेषताको समाजवादी अवधारणालाई कार्यान्वयन गर्ने र न्यायपूर्ण समाज निर्माण गर्ने भन्ने जुन कुरा छ । त्यसमा पार्टीमा म सक्रिय रुपमा लाग्दा त नेकपा एमाले नै हो ।

जहाँसम्म एजेण्डाको कुरा छ, राष्ट्रिय राजनीतिबाट कोही पनि पृथक छैन, न तफाईंहरु हुनुहुन्छ । व्यक्ति–व्यत्ति पनि, साहु महाजन, व्यापारीदेखि लिएर किसान पनि फरक हुन सक्दैन । को कति हदसम्म प्रत्यक्ष अथवा आफ्नो व्यवसायमा बसेर गर्ने भन्ने कुरा हुन्छ ।

तपाईंले यो भनिरहँदाखेरि हिजो मात्र हामीले सुन्यौं, गुटबन्दी भइरहेको छ, कोकोले केके गरे, हामीले पनि हेरिराखेका छौं भन्ने जस्ता कुरा आइरहेका छन्‘ ।

कसले भन्यो ?

अध्यक्षज्युले !

त्यो विषयमा त नेकपा एमालेको वर्तमान अध्यक्षज्यू केपी शर्मा ओलीज्यूले मलाई नै तोकेरै, ताकेरै भन्नु भयो होला भन्ने त लाग्दैन ।

तपाईंप्रति लक्षित चाहिँ देखिन्छ ?

कहिले गुट नगरेर म मूलधारको राजनीति गरिराखेको मान्छे, उहाँले त्यो भन्नै मिल्दैन । लक्ष्य तपाईंहरुको गलत अर्थ होला भन्ने मलाई लाग्छ । पार्टीमा सक्रिय राजनीतिमा आउँदाखेरि अध्यक्ष म हुने कुराले अरु आकांक्षीहरुलाई पनि त केही प्रश्नहरु उठाएको हुनसक्छ नि त, त्यसलाई भनेको हो कि रु तपाईंहरु खालि मैतिर किन तेर्सिनु हुन्छ ?

मैले कुनै व्यक्तिगत आकांक्षा राखेको त छैन । म चाहिँ राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी हुन्छ त्यो काम गर्ने हो ।

एमालेमा त केपी शर्मा ओलीको प्रतिस्पर्धी तपाईं नै हो, अरु त कोही देखिनु भएको छैन ।

मलाई के लाग्छ भने हाम्रो नेकपा एमालेको आदरणीय अध्यक्ष ज्यूले विद्या भण्डारीलाई नै प्रतिस्पर्धी देखेर यो कुराहरु, धारणाहरु व्यक्त गरिरहनु भएको छ भन्ने मलाई चाहिँ पटक्कै लाग्दैन ।

त्यसोभए कार्यकर्ता थुमथुमाउनलाई हो ?

उहाँले भनेको के हुनसक्छ भने महाधिवेशन आउँछ, महाधिवेशनमा त नेतृत्व निर्माण हुन्छ । त्यसो हुँदाखेरि तिमीहरु चिन्ता नगर, हामी मिलाएर गर्छौं भनेर कार्यकर्तालाई आश्वस्त गर्न खोज्नु भएको हुनसक्छ ।

उहाँको भनाइ त तपाईंले जानकारी गराएर मात्र हिँड्नुपर्छ भन्ने जस्तो बुझिन्छ । नगराएर हिँड्नु भयो क्या हो ?

म देशको राष्ट्रपति भइसकेको मान्छे, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडि देखि नै पार्टीमा काम गरेको । चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरुमा पनि चिनजान हुन्छ । देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वाभाविकै हुन्छ । त्यसकारण मैले पनि समाजसँग पनि साक्षात्कार भेटघाट गर्दै गर्नुपर्‍यो ।

केछ जनताको विचार आकांक्षाहरु, नयाँ पुस्ता के चाहन्छन् रु राष्ट्रिय आकांक्षालाई साकार गर्न हामी लाग्नुपर्छ, त्यो हाम्रो परम कर्तव्य हो । बाँचुन्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताको लागि र देशको लागि । त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन ।

अब नेपाली नागरिकहरुले देशको अवस्था बुझ्ने नयाँ नेतृत्व खोजेका हुन् ?

म सुन्दैछु, बुझ्दै छु । अहिलेको प्रणालीको बारेमा जनताहरु सन्तुष्ट छन् । स्वतन्त्रता एकदमै राम्रो छ । जनताका छोराछोरी आफ्नो दक्षता प्रयोग गरेर काम गर्न सक्ने वातावरण छ । यो भन्दा ठूलो स्वतन्त्रता त के हुन्छ ?

तर अहिले संसार जसरी विकास भइरहेको छ नि त्यो विकासको त यहीँ बसीबसी मिनेटभरमा हाम्रा जनताले, नवपुस्ताहरुले हेरिराखेका हुन्छन् । त्यसैले विकासको आकांक्षा बढी छ ।

खासगरी कसरी आर्थिक समृद्धि, परिवार परिवारको जुन आवश्यकताहरु हुन्छ त्यसलाई हामीले सहज ढंगले मिहिनेत गरेर, परिश्रम गरेर कसरी पूरा गर्न सकिन्छ भन्ने भावनाले अहिलेको पुस्ता त्यत्तिकै बस्न चाहँदैन । उनीहरु चाँडै आर्थिक विकास गर्ने व्यग्र प्रतीक्षामा छन् ।

तपाईं चीन भ्रमण गरेर आइसकेपछि नेपालमा वाम एकताको अलि बढी चर्चा भइरहेको छ । यसलाई कसरी सहजीकरण गर्नुहुन्छ ?

नेपालमा पहिलेदेखि वाम एकताको चर्चा परिचर्चा छ । यो समयको आवश्यकताले हुने कुरा हो । वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन । त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन । किनकी विश्वासको ठूलो संकट छ पार्टी–पार्टीहरुको बिचमा ।

यसको नेतृत्व तपाईंले गर्नुहुन्छ भन्ने चर्चा छ नि ?

बाहिर कसले केके भन्छ । मैले नबुझेको कुरामा बोल्नुपर्छ भन्ने मलाई लाग्दैन । तर हामीले जे देखिराखेका छौं, त्यसभित्रको स्थितिमा म वामपन्थीहरु बिचमा मात्र भन्दिन, देशका ठूला र जिम्मेवार पार्टीहरुसहित सबै दलहरु, अहिले नयाँ दलहरुको पनि उदय भइराखेको छ, ती दलहरुबिच राष्ट्रिय एजेण्डामा राम्रो छलफल गरेर एकताका साथ अगाडि बढे राष्ट्रलाई राम्रो हुन्छ ।