८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल

अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गर्नुभयो । य दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको बताउनु भयो । उचित संयोजन र सन्तुलन कायम हुनसके, पारस्परिक सम्बन्धी जीवन्त हार्दिक हुनसके र एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्नसके भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।’

‘यि दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने बताउनु भयो । मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभइ यि दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्ने बताउनु भयो । उहाँले मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरु उठ्ने गरेको बताउँदै अर्थमन्त्री पौडेलले सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको जिकिर गर्नुभयो । उहाँले सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा बुझेर समस्या समाधान गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘सबैतिर मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरु उठ्ने गरेका छन् । सुशासनका प्रश्नमा हामी कतै न कतै चुक्ने गरेका छौँ । सुशासनका प्रश्नमा कहाँ हामी चुकेका छौँ । सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा आजको यस कार्यक्रममा यहाँहरुबाट सार्थक छलफल होस् । अहिले एउटा प्रश्न मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि हाम्रो समाजमा छलफलको, चर्चाको टिप्पणी र प्रतिटिप्पणी हुने गरेको छ । यो स्थिति देख्दा दुःख लाग्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना हाम्रो राज्य प्रणालीले असमझदारीको कल्पना गरेको छैन । यि दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको छ ।’

‘वित्त नीति र मौद्रिक नीतिका बीचमा उचित संयोजन र सन्तुलनको अपेक्षा गरिएको छ । उचित संयोजन र सन्तुलन कायम हुनसक्यो, पारस्परिक सम्बन्धी जीवन्त हार्दिक हुनसक्यो । एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने एप्रोचका साथ अघि बढाउन सक्यौँ भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्छ । कदाचित यि दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पार्दछ । मौद्रिक नीति र वित्त नीति यि दुईमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने होइन, हामी यि दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्छौँ । आज अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा अर्थमन्त्री र गभर्नरका बीचमा, वित्त नीति र मौद्रिक नीतिका बीचमा त्यस प्रकारको दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन् । हामी आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्नेछौँ । मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्नेछौँ ।’

उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्ने मनोविज्ञान रहेको बताउँदै आफूहरुको जिम्मेवारी समस्या छ भनेर समस्याको वर्णन गर्नमा सिमित हुनु नहुने बताउनु भयो । कार्यकारी जिम्मेवारीमा रहेकाहरुको काम समस्या देख्ने र समाधान गर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।