५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान



अ+ अ-

काठमाडौँ । १६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित नेपाल लगानी बोर्डका सदस्यहरु, कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकाल लगायतको टोली मकाओ प्रस्थान गरेको हो ।

सम्मेलन जेठ २६ गतेदेखि ३० गतेसम्म मकाओमा हुँदैछ । प्रस्थान गर्नुपूर्व विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष सिंहले चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेको बताउनु भयो । उहाँले मकाओ सरकारको आयोजनामा हुन लागेको पूर्वाधार लगानी सम्मेलनमा नेपालले हरेक वर्ष भाग लिँदै आएको जानकारी दिनुभयो । नेपालमा लगानीका धेरै सम्भावना रहेको र लगानीको बारेमा आफूहरुले पैरवी गर्दै आएको बताउनु भयो । नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र आयोजना गरिएको र त्यसमा नेपालको तर्फबाट लगानीकको बारेमा जानकारी गराइने बताउनु भयो । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक वर्ष चीन सरकारको निमन्त्रणामा चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा यो सम्मेलन मकाओमा भइरहेको छ । मकाओ सरकारको आयोजनामा लगानी सम्मेलन हुन्छ । हरेक वर्ष हामीले भाग लिँदै गर्दा नेपालमा लगानीको उपयुक्त वातावरण छ । यहाँ लगानीको सम्भावना धेरै छन् । लगानीको बारेमा पैरवी गर्दै आएका छौँ । यस वर्ष विशेष गरी कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकालज्यु र नेपाल लगानी बोर्डबाट पनि केही सदस्य साथीहरु जाँदै हुनुहुन्छ । उहाँहरुले नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र छ । निर्माण व्यवसायी महासंघको नेतृत्व गर्दै मैले पनि सहभागिता जनाएको छु । लगानीमा सबैको शेयर भन्ने नारा छ । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक छ । त्यो लगानीमा सबै लगानीकर्ता, लगानी गर्ने मुलुक र त्यहाँका जनतालाई लाभ हुनेबारेमा छलफल गर्नेछौँ । ९ तारिकदेखि १३ सम्म मकाओमा यो समिट हुँदैछ, यो १६ औं सम्मेलन हो ।’

अध्यक्ष सिंहले हरेक वर्ष नेपालमा लागनीको सम्भावनाबारे पैरवी गर्दै आएको र अहिले कानूनको हिसावले पनि नेपालमा लगानी गर्न सहज बनेको भन्दै लगानी बढी भित्रनेमा आशावादी रहेको बताउनु भयो ।