१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडी बढ्ने बताउनुभएको छ ।

शुक्रवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताउनु भयो । उहाँले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गर्नुभयो ।

मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गर्नुभयो । साथै, उहाँले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गर्नुभयो । उहाँले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, “आईतवारदेखिको बैठक सहज ढङ्गले अगाडी बढ्छ । यहीँ हिसावले हरेक दिन आउने, सूचना टाँस गरेर फर्किरहने, प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने, नगरौँ भन्दा नहुने भन्ने कुराको दिनको रिपिटेशन सधैँ हुने अवस्था बन्दैन । संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा पनि हामी जोडिनुपर्छ । कानून पारित गर्नुपर्ने कार्यभार छन् । बजेटमाथि छलफल भएको छैन, त्यसलाई पारित गर्नुपर्ने दिशामा जानुपर्छ । आगामी दिनहरूमा पनि यस्तै परिस्थितिहरू आउने, सूचना टाँस गर्ने, फर्कने अवस्था बन्दैन । हाउस अगाडी बढ्छ ।”  

उहाँले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको जिकिर गर्नुभयो ।