५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उहाँको भनाइ छ । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आए संसदको अवरोध हट्ने बताउनु भयो । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको तर छानविन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अस्ति हामी बालुवाटारमा बसेपछि बिस्तारै वातावरण सहजीकरण गर्ने कोशिस भइरहेको छ । दिन प्रतिदिन थोरै थोरै भएपनि प्रगति भएको छ । छानविन मुख्य कुरा हो । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने प्रतिपक्षको कुरा भयो । यस बारेमा नेपाली काँग्रेसका सभापतिसँग एक पटक कुरा गर्न उचित हुन्छ भन्ने पनि भयो । भर्खरै फेरि सत्तापक्ष नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्यामजी लगायतसँग पनि कुरा भयो । आज सदन नचलाउने, सूचना टाँसेर जाने भन्नेमा सहमति भएको छ । मलाई लाग्छ, एक दुई दिनभित्रमा यो विषयमा सकारात्मक ल्याण्डिङ हुन्छ । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको छ । छानविन समिति बनाएर जाने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा केही अर्को गर्ने भन्ने विषयमा सहमति भएको छैन । अर्को कुरा अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले त्यसको कुरा विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको छ । यो विषय पनि छलफलमै छ ।’

अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताउनु भयो ।