३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोध



अ+ अ-

काठमाडौं। नेकपा एकीकृत समाजवादीले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधको आधारमा मुद्दा चलाएको ठहर गरेको छ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले विगतदेखि चल्दै आएको षड्यन्त्रको निरन्तरता स्वरूप पूर्वाग्रही ढंगले नेपालमाथि प्रतिशोध लिएको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले अदालतबाट क्लिनचिट लिएर यो कदम पूर्वाग्रही भएको सन्देश दिने दाबी गरे।