१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोध



अ+ अ-

काठमाडौं। नेकपा एकीकृत समाजवादीले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधको आधारमा मुद्दा चलाएको ठहर गरेको छ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले विगतदेखि चल्दै आएको षड्यन्त्रको निरन्तरता स्वरूप पूर्वाग्रही ढंगले नेपालमाथि प्रतिशोध लिएको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले अदालतबाट क्लिनचिट लिएर यो कदम पूर्वाग्रही भएको सन्देश दिने दाबी गरे।