२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई अधिवक्ता थापाको सुझाव: अब अदालत जानुहोस्



अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार मुद्दाका विषयमा वरिष्ठ कानुन व्यवसायीहरूसँग परामर्श लिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाल रौतहटबाट काठमाडौँ फर्किएर वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग सल्लाह गरेका हुन्।

थापाले अदालतमा अभियोग पत्र अध्ययन गरेर बयान दिन तयार रहन सुझाव दिएका छन्। छलफलमा पार्टीका केही शीर्ष नेताहरूको पनि सहभागिता रहेको थियो।

कानुनी सल्लाहपछि नेकपा (एकीकृत समाजवादी) को आकस्मिक बैठक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। पतञ्जली आयुर्वेद कम्पनी नेपालले काभ्रेको साँगास्थित नासिकास्थान र महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिद तथा कम मूल्यमा किनिएको जग्गा महँगोमा बेचबिखनमा नेपालले सहयोग गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।