३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्बिका र दीपिका फाइनलमा



अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका अम्बिका सापकोटा र नेपाल कृषि विकास बैंकका दीपिका राई १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा आज  फाइनलमा पुग्नुभएको छ ।

हात्तिगौडास्थित ¥याकट एन्ड रोल ब्याडमिन्टन हलमा भएको खेलमा अम्बिकाले कृषि विकास बैंकका प्रतीक्षा नेपाललाई २१–१७ र २१–१६ तथा दीपिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणका सरला श्रेष्ठलाई २१–११ र २१–१२ को सोझो सेटमा पराजित गर्नुभयो ।

पुरुष सिंगल्समा विद्युत् प्राधिकरणका भक्तराज जोशीले कृषिका टक्कर कुँवरलाई २१–१९ र २१–१४ तथा विद्युतकै मंगेश तामाङले नागरिक उड्डयनका कालजङ्ग लामालाई १९–२१, २१–१६ र २१–५ को सेटमा हराउदै फाइनलमा स्थान पक्का गर्नुभयो ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युत्का रत्न श्रेष्ठले नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डेलाई २२–२४, २१–११ र २१–११ तथा विद्युतका राजु महर्जनले नेपाल वायु सेवा निगमका घनश्याम भट्टलाई २१–१३ र २१–११ ले पाखा लगाउदै फाइनलमा पुग्नुभयो ।

एक्जिक्युटिभ डबल्समा विद्युत्का बासु कोलोनी र लोकेन्द्र साउदको जोडी तथा विद्युतकै विष्णु गैरे र युकेश श्रेष्ठको जोडीले फाइनलमा स्थान बनाउनुभयो ।

पुरुष डबल्समा कृषिका टक्कर कुँवर र राजकुमार निरौला तथा विद्युत्का विनोद अधिकारी र भक्तराज जोशीले फाइनल भेट पक्का गर्नुभयो ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युत्का राजु महर्जन र रत्न श्रेष्ठ तथा विद्युत्का छविलाल भट्टराई र विष्णु मास्केको जोडीले फाइनलमा स्थान सुरक्षित गर्नुभयो । रासस