८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने
अ अ+ अ-

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल थालिएको छ ।

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा पहिलोपटक म्याराथन दौड प्रतियोगितामार्फत आधार शिविर क्षेत्रमा खेलकुद पर्यटन प्रवर्द्धनको सम्भावना उजागर गरिएको हो ।

समुद्री सतहबाट चार हजार १९० मिटर उचाइमा रहेको आधार शिविरबाट नारच्याङ गाउँसम्म सञ्चालन भएको म्याराथन दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसले आधार शिविरमा खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने आधार तयार गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

आधार शिविरबाट नारच्याङ गाउँसम्मको ३८ किलोमिटर दूरीको मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ४० जनाको सहभागिता थियो । हिमपात भइरहने आधार शिविरमा खेलकुद प्रतियोगिता आयोजना भएपछि स्थानीय खेलाडी उत्साहित बनेका छन् ।

उच्च स्थानअन्तर्गत आधार शिविरमा पहिलोपटक आयोजना गरिएको म्याराथन दौड प्रतियोगिताले यस क्षेत्रमा खेलकुदका गतिविधिमार्फत पर्यटन प्रवर्द्धनमा लाग्न प्रेरित गरेको नारच्याङका पर्यटन अभियन्ता तेज गुरुङले बताउनुभयो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यहाँ यसअघि प्रकृतिमा रमाउन पर्यटक आउने गरेकामा अब साहसिक खेलकुद गतिविधिमा सहभागी हुने पनि आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । खेलकुदमार्फत पर्यटकलाई यहाँ भित्र्याउन सकिने सम्भावना बढेको उहाँको भनाइ छ ।

उच्च हिमाली क्षेत्रमा अल्ट्राम्याराथन दौड प्रतियोगिता प्रचलित मानिन्छ । हिमाली क्षेत्रमा आयोजना हुने खेलकुदका गतिविधि साहसिक मानिने भएकाले यसको चर्चा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने गर्दछ ।

पहिलोपटक जिल्लास्तरीय म्याराथन दौड आयोजना भएको बताउँदै आगामी दिनमा आधार शिविरबाट राष्ट्रियस्तरको अल्ट्राम्याराथन दौड प्रतियोगिता आयोजना गर्न सकिने गण्डकी प्रदेश यथलेटिक्स सङ्घका कोषाध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हीरक महोत्सवको अवसरमा आयोजित म्याराथन दौडको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जित्नुभएको छ ।

सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले हीरक महोत्सव मनाइएको हो ।

अन्नपूर्ण गाउँपालिकाले दुई वर्षअघि अन्नपूर्ण आरोहण दिवसको अवसरमा आधार शिविरमा छोटो दूरीको दौड तथा विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । हिमाली भूगोलमा खेलकुदका गतिविधिबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चर्चित खेलाडीमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।