२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहो¥याउनुभएको हो । भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न नभएको पुष्टि नभएको कारण गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘समग्र रुपमा मानव बेचबिखनमा संलग्न भएका व्यक्तिहरुलाई एउटा उच्चस्तरीय छानबिन समिति बनाएर तत्काल कारबाही गर्नुपर्छ । गृहमन्त्री पनि निर्दोष भएपछि पुर्नबहालि गरिहाल्नुहुन्छ दोषि हुनुभयो भने जेल जानुहुन्छ । अहिले उहाँ निदोर्ष हुनुहुन्छ भनेर कसरी भन्ने ?’

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने समेत उहाँको माग छ ।