८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

च्याङग्राका भुुवाको बजार सुुनिश्चित

च्याङग्राका भुुवाको बजार सुुनिश्चित
अ अ+ अ-

मुस्ताङ । च्याङ्ग्राको भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् । खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक मल आपूर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङ्ग्राको शरीरमा भएको भूवाले बजार पाउन थालेपछि किसानले अतिरिक्त आम्दानीको अवसर पाएका हुुन् ।

फल्याकका किसान राजुु गुरुङकाका अनुसार बजारको सुनिश्चितता, किसानलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन् । “शरीरबाटै झरेर खेर जाने गरेको थियो,” उहाँले भन्नुभयो “बजार सुनिश्चित गरेका पश्मिना व्यवसायीले च्याङ्ग्राको भूवा निकाल्न दक्षजनशक्ति समेत व्यवस्था गरेकाले आजदेखि भूवा निकाल्न थालेका छौँ ।”

नेपाल पश्मिना उद्योग सङ्घले काठमाडौँमा सञ्चालन गरेको फाइवर प्रोसेसिङ प्रालिले फस्याकलगायत मुुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भूवाको बजार सुुनिश्चित गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भूवा निकाल्ने याम हो । च्याङुग्राको भूवा पश्मिनाका लागि ९क० श्रेणीको कच्चापदार्थ हो ।

भेडा र चौरीको तुलनामा च्याङ्ग्राको भूवालाई गुणस्तरीय मानिएको छ । डेढ वर्षअघि मुुस्ताङबाट नमूना सङ्कलन गरेर मङ्गोलियाको प्रयोगशालामा लगेर च्याङ्ग्राको भूवाको गुुणस्तर परीक्षण गरिएको थियो । प्रयोगशालाको प्रतिवेदन अनुुसार मुस्ताङी च्याङ्ग्राको भूवा पश्मिनाका लागि उपयुक्त मानिएको नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवारमध्य १९ घरपरिवारको व्यावसायिक च्याङ्ग्रा फार्म छ । घरघरमा थोरै सङ्ख्यामा च्याङ्ग्रा पाल्नेहरु पनि छन् ।

फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेका वारागुुङ मुक्तिक्षेत्र–५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले बताउनुभयो । यसवर्ष करिब दश किलोग्राम भूवा सङ्कलन हुुने अनुमान गरिएको छ । किसानबाट पश्मिना उद्योगीले प्रतिकिलो रु चार हजार पाँच सयका दरले भूवा खरिद गर्छन् ।

मुुस्ताङ र डोल्पाको छार्काका किसानले विसं २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भूवा बिक्री गरेका छन् । पश्मिना व्यावसायी आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पश्मिना बनाउन च्याङग्राको भूवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु छ अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक रु पाँच अर्ब मूल्य बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भूवाको धागो आयात हुन्छ ।

ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्ने आउने पर्यटकले रु एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन् । मुस्ताङी च्याङ्ग्राको भुुवाको गुुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग सङ्घमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तरर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो ।

अन्तरराष्ट्रिय व्यापार केन्द्र ९आइसिटी०को सहयोगमा नेपाल पश्मिना सङ्घले भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुुणस्तरीय भूवा उत्पादन र सङ्कलनका विषयमा प्राविधिक सीप सिकाउन थालिएको छ ।

बाह्य परजीविको आक्रमणबाट जोगाउन, शरीरमा भएको भूवालाई कीटाणुुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुुवा निकाल्नुु अघि डिपिङ ट्याङ्कीमा च्याङग्राको शरीर डुुबाउने सीप सिकाउन स्थलगत तालिम सुरु गरिएको छ ।

अन्तरराष्ट्रियस्तरको प्रयोगशालामा गरिएको परीक्षणबाट पश्मिनाका लागि उपयुुक्त र गुुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भूवाको दिगोपना र गुणस्तरमा हस आउन नदिन किसानलाई सप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएको परामर्शदाता श्रेष्ठले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएकोमा ३० प्रतिशतको हाराहारीमा मात्र भूवा निकाल्ने गरिएको छ ।