९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपरथी प्रेम शाही र सहायक रथी प्रेम बहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती भएका महासेनानी प्रेम बहादुर पुनलाई शुक्रबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको नेपाली सेनाले जनाएकाे छ ।

नेपाल सरकार, मन्त्रीपरिषद्को यही असार १५ गतेको निर्णय अनुसार उपरथीमा शाही र सहायक रथीमा पुन बढुवा हुनुभएकाे थियाे । 

पदोन्नती हुनु भएका उपरथी प्रेम शाहीलाई श्री युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेम बहादुर पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएकाे छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।