११ असार २०८२, बुधबार
,
Latest
पतञ्जलि जग्गा प्रकरण: माधव नेपालको बयान सकियो प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि



अ+ अ-

कास्की। देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ देखि ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिता नेपाल भलिबल सङ्घ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा हुन लागेको हो । प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिम सहभागी हुनेछन् ।

जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश टिम र न्यू डायमण्ड युथ स्पोट्र्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता ‘लिग तथा नकआउट’ चरणमा सञ्चालन गरिनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रू छ लाख, उपविजेताले रू तीन लाख र तेस्रो हुने टिमले रू एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रू २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रू १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । एकेडेमीका अध्यक्ष कोइरालाले भलिबललाई लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

“पोखरा खेलकुदको सहर त्यसमा पनि भलिबल लोकप्रिय छ । भलिबल खेल विकास गर्ने लक्ष्य राखेका छौँ । भविष्यमा यो प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै लैजाने योजना छ”, कोइरालाले भन्नुभयो ।

अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले महासङ्घले वर्षभरी नै बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलका रूपमा घोषणा गरेको थियो । भलिबल खेलको विकास र विस्तारका लागि पोखरामा पहिलोपटक प्रचण्ड कप भलिबल गर्न लागिएको हो । रासस