१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल



अ+ अ-

काठमाडौं । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ । 

विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ । सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।

विश्व बैङ्कले विभिन्न चार वर्गमा मुलुकको वर्गीकरण गर्छ । पछिल्लो पटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ । यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिँदै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।