काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यातायात व्यवसायीहरूको नाममा अल्पकालीन आदेश जारी गर्दै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ ।
अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
यातायात व्यवसायीहरूले गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोधमा सोमबार र मंगलबार दुई दिन गाडि ठप्प पारेका थिए ।










