१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक साइप्रसबाट ८८ जना बोकेर जहाज उड्यो



अ+ अ-

काठमाडौं । पहिलो पटक युरोपियन देश साइप्रसबाट कतार एयरवेजले नेपालीहरुको चार्टर्ड बिमान उडाएको छ । कोरोना भाइरसको महामारीकाबीच ८८ जना नेपाली बोकेर कतार एयरवेजको उडान  क्युआर २६६ नम्बरको जहाज नेपालका लागि उडेको हो । फर्किनेमध्ये २२  महिला र ६६  जना पुरुष रहेका छन् ।

यो उडान उद्धारको पहिलो चरण अन्तर्गत अन्तिम उडान हो । शुक्रवार फर्किएका सबैजना  नेपाली दूतावास इजरायल, होनरी कन्सुलेट साइप्रस र एनआरएन साइप्रसको प्राथमिकतामा परेकाहरु हुन् । 

नेपाल फर्किएका प्रायःको  कोरोना परीक्षणको प्रमाणपत्र साथमा रहेको र सरकारले तोकेको ६ सय ४० युरो (करिव ८५ हजार ९४८ रुपैया) का दरले टिकट लिएका छन् ।  
 
दूतावासको समन्वय ,नेपाल  सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण कतार एयरलाइन्समार्फत पहिलो र अन्तिम चरणको उडान सकिएको नेपाली  दूतावास इजरायलले जनाएको छ ।