८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपाली सेना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा, यस्तो छ मन्त्रीपरिषद्को अन्य निर्णयहरु

नेपाली सेना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा, यस्तो छ मन्त्रीपरिषद्को अन्य निर्णयहरु
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गरेको छ ।

दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सरकारले बताएको छ । सरकारका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजश्व र व्ययको अनुमान संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको बताउनु भयो ।

उहाँकाअनुसार सरकारले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रश्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय गरेको छ । त्यस्तै मूल्य अभिवृद्धि कर (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, अन्तःशुल्क (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, आयकर (सोह्रौँ संशोधन) नियमावली, २०८२, भन्सार (सोह्रौँ संशोधन) नियमावली, २०८२; भन्सार महसुल (पहिलो संशोधन) नियमावली, २०८२ र मदिरा (चौथो संशोधन) नियमहरू, २०८२ स्वीकृत गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने, नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई बढुवा गर्ने, सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, गोरखापत्र संस्थानसम्बन्धी विधेयकको तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले थाइल्याण्डको राजधानी बैंककमा २०८२ असार ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने ज्ह्याण्ड इन ह्याण्ड इन्भेष्टमेण्ट डायलग फर एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको छ । २०८२ असार २ गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाइटेड नेशसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स एसबि ६२ मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गरेको छ ।

यि हुन् सरकारका निर्णयहरुः 

नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजश्व र व्ययको अनुमान संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने । 
आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रश्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने । 
भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) बमोजिमको सूचना जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्ग गरी प्रकाशन गर्ने विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने । 
मूल्य अभिवृद्धि कर (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, अन्तःशुल्क (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, आयकर (सोह्रौँ संशोधन) नियमावली, २०८२, भन्सार (सोह्रौँ संशोधन) नियमावली, २०८२; भन्सार महसुल (पहिलो संशोधन) नियमावली, २०८२ र मदिरा (चौथो संशोधन) नियमहरू, २०८२ स्वीकृत गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने। 
नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई बढुवा गर्ने। 
सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। 
हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने । 
गोरखापत्र संस्थानसम्बन्धी विधेयकको तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने । 
राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने । 
२०८२ असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने। 
थाइल्याण्डको राजधानी बैंककमा २०८२ असार ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने ज्ह्याण्ड इन ह्याण्ड इन्भेष्टमेण्ट डायलग फर एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिने। 
नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने। 
२०८२ असार २ गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाइटेड नेशसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स एसबि ६२ मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने। 
२०८२ जेठ २८ गतेदेखि ३० गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने बेइजिङ सिबिडी मल्टीनेशनल इन्टरप्राइसेस कन्फ्रेन्स एण्ड एशियन मेयर्स फोरममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने ।