१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन सञ्चालन गर्न सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकहरूबिच बैठक जारी रहेको छ ।

संसद् भवन नयाँ वानेश्वरमा बसिरहेको बैठकमा सदन सञ्चालनको विषयमा छलफल भईरहेको छ ।

प्रमुख सचेतकहरू र सभामुखको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया पनि सहभागी छन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय समिति बने संसद् चल्न दिने बताइरहेका छन् । तर, सत्तापक्ष भने समिति बनाउन तयार देखिएको छैन ।

मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएपछि सभामुखले आज दिउँसो एक बजेका लागि बोलाएका थिए ।