८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा
अ अ+ अ-

कर्णाली । उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम हुनुहुन्न उहाँ । हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उहाँ अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

अलि चञ्चले र खुला स्वभावकी सुष्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले अवस्था निकै कमजोर छ । प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुष्माको आमा कमला शाहीलाई । मेलापात र नानीहरुलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिदा उहाँलाई सरकारी विद्यालयमा पढ्ने उनीहरुको प्रगति र दुर्गति दुवैका बारेमा बुझ्ने समय हुँदैन ।

मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढभन्दा बढी छैन । घरमा तीन महिना पुग्ने अन्न उब्जिदैन । गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उहाँको परिवालाई । बुबा मजदुरीका लागि कालापहाड ९भारत० र आमा सुष्मालगायत उहाँका भाइबहिनीको स्याहार गर्दै आउनुभएको छ । खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्कनुभएको छैन ।

निम्नवर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ । विद्यालयमा आफ्नै साथीहरुबीच उहाँ फरक धारणा र प्रस्ताव प्रस्तुत गर्नुहुन्छ । अलि खरो स्वभाव भएकी सुष्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आउनुभएको छ । यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही बैशाख २७ देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्वपूर्ण अवसर बन्यो ।

सम्मेलनमा उहाँले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गर्नुभयो । कुनै तयारी बिना नै पहिलोपटक मञ्चमा उक्लेकी उहाँले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाउनुभयो । दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुसहित विशेष व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो ।

मञ्चमा पुगेर खस भाषामै उहाँले भन्नुभयो, “आइगइ कर्णालीकी छोरी खस भाषा लिएर, गरिबहरुका कुडा सुन्दिने आखिर को थिए र रु हाम्रा कुडा सुन्दिने कोइनाइ, नापा नापा ९थोरै० सुन्दिया पुनि भुन्दिन्या कोही नाई । यसबाट उदेक मात्र होइन, कर्णाली अनि आफ्नै अवस्था हेरेर रुने मन लाग्यो ।” तथापि सम्मेलनका सहभागीहरुलाई उहाँले सके उड, उड्न सक्दैनौँ दौड, दौड्न सक्दैनौँ हिँड, हिँड्न सक्दैनौँ घिस्र, जीवनमा कहिले नहार तर प्रयास गर एकदिन अवश्यक लक्ष्यबिन्दुमा पुग्नेछौँ भन्ने ऊर्जा पनि दिनुभयो ।

मञ्चमा सुष्माले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकलगायतका विभिन्न अधिकार, सङ्घीय संरचनाअनुरुप गठित तीनै तहका सरकारमा रहेर काम गर्ने जनप्रतिनिधिको कार्यक्षमता र शैली, शिक्षक शिक्षिकहरुको भूमिका र सिङ्गो नेपालको राजनीतिक प्रणालीमाथि व्यङ्ग्य गर्नुभयो । न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै आएका पालिकाका उपाध्यक्षहरुको न्याय सम्पादन कमजोर रहेको र कति त आफँै अन्यायमा परेको सवाल समेत उहाँले उठान गर्नुभयो ।

सुष्माको अभिव्यक्तिको आशय थियो, सरकार प्रमुखहरुको जिम्मेवारी र उत्तरदायित्व, विभिन्न निकायमा काम गर्नेहरुको कार्यशैलीकै कारण आज समाजका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिङ्गो नागरिकले दुःख पाउँदै आएका छन् । गाउँबाट राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलोपटक पुगेकी बालिकाको उक्त प्रस्तुतिले सबैलाई आश्चर्यचकित पारेको थियो ।

मञ्चमा उभिएकी सुष्माले निर्धक्कका साथ भन्दै हुनुहुन्थ्यो, “भाषणले देश बन्दैन, असल नियत राखेर काम गर्नुपर्दछ । जातीय विभेद आजसम्म पनि अन्त्य भएको छैन । कुर्सीमा बस्नेहरुले नै नागरिकलाई अपमान गर्दै आएका छन् । कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमा राखे पनि कार्यान्वयन प्रभावकारी छैन ।”

उहाँको अभिव्यक्ति र अभिनय राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाई पर्याप्त अनुभव लिइसकेका कलाकारहरुभन्दा कम थिएन । सुष्माको कलात्मक प्रस्तुतिले कुनै पनि क्षमता र प्रतिभावान व्यक्तिहरुको गतिशीलतालाई गरिबी र विकटताले छेक्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै सूचना, सञ्चार र प्रविधिको युगमा हरेकले आफूलाई सिर्जनशील र सकारात्मक बनाउँदै लैजानुमा नै ठूलो हित हुन्छ भन्ने सन्देश प्रवाह गरेको थियो ।

दलहरुका घोषणा, सङ्कल्प, प्रतिबद्धता जप्ने मन्त्रजस्तै भएकाले अब प्रतिफल र कार्यान्वयनमुखी विकासमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । सुष्माका अनुसार अधिकार खोज्नेले पनि कर्तव्य पालना गर्नुपर्दछ । स्वर नभए पनि भविश्यमा गीत रेकर्ड गर्ने र देउडा गायिका बन्ने धोको राखेकी उहाँले गरिब, निमुखाहरुको हितमा काम गर्ने र समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति एवं कुरीतिविरुद्ध बोलिरहने बताउनुभएको छ ।

सरस्वती प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह हमाल अन्य विद्यार्थीभन्दा फरक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुष्मा अत्यन्तै उत्सुक र जिज्ञासु छन् । समाजका विभिन्न खाले विषयमा विशेष सरोकार राख्छिन् । समाज बुझ्ने र बोल्ने कला उनीमा राम्रो छ । गीत, कविता रचना गर्ने र देउडा गाउनेतर्फ उनको बढी रुचि देखिन्छ । यसलाई निरन्तरता दिँदै अगाडि बढे उनी राष्ट्रको एउटा राम्रो कलाकार बन्ने सम्भावना छ ।”

सुष्माले आर्थिकरुपले परिवारिक अवस्था कमजोर भएकाले आफूले चाहेजस्तो गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाबा धेरैजसो समय घरमा नहुँदा आमालाई बढी दुःख छ । हामीलाई खाना, लत्ताकपडा, कपी, किताब, कलमलगायतका आधारभूत आवश्यकता पूरा गर्न आर्थिक अभाव धेरै छ । त्यही दुःख एवं सङ्घर्ष गरेर अभावभित्रै मेरो सुन्दर भविष्य निर्माण गर्ने यात्रामा लाग्नेछु ।” रासस