४ पुष २०८२, शुक्रबार
,
Latest
अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गर्नुभयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन गरिहरेको छ । जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको अरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।

मन्त्री लेखकले भन्नुभयो, ‘अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यि जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’

गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको प्रश्नको जवाफ आउने र संसदमा सबै प्रश्नको जवाफ दिने बताउनु भयो ।