५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँः सांसद शाही



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिनुभएको छ ।

मंगलवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताउनुभएको हो ।

उहाँले  ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु  रहेको र समानुपातिक सांसदलहरुले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिनुभयो । गिरिजाप्रसाद कोईराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनैबेलामा समानुपातिक नै रहेको उदाहरण दिँदै उहाँले बोल्नेहरुलाई मात्रै योजना दिने तर समानुपातिक सांसदहरु अनुशासित रुपमा बस्दा योजना नदिने गरेको बताउनु भयो । संविधानअनुसार समानुपातिक खारेज गर्ने भए आफूहरु तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु छौँ । संविधानमा यो समानुपातिक खारेज गर्ने हो भने हामी ११० जना यो समानुपातिक हटाउन पनि तयार छौँ । होइन भने गिरिजाबाबु पनि समानुपातिक हुनुहुन्थ्यो । प्रचण्ड पहिलो गणतन्त्रको प्रधानमन्त्री पनि समानुपातिक हुनुहुन्छ । माधव नेपाललाई हामीले तानेर समानुपातिकबाट प्रधानमन्त्री बनायाँै । बोल्नेहरुको ठाउँमा मन्त्री आफैँ गएर योजना दिने अनि हामीलाई समानुपातिक भन्ने ? हामी राजनीतिक र अनुशासित ढंगले मात्रै बजेट पास गर्दैछौ, तपाईंहरुको हेपाई हेर्ने हो भने पास हुन रोक्न सक्छौँ । हाम्रा औंठाले तपाईंहरु झण्डा हल्लाउने, कि त संविधानअनुसार समानुपातिक खारेज गर्नुप¥यो । म त यो समानुपातिकबाट तानेर नल्याउँ भन्ने मान्छे हो । पार्टीले खटाएर कोही समानुपातिक छौँ कोही प्रत्यक्ष छौँ, कुरा त्यत्ति हो । अदालतले नदेउ भनिसकेको छ । घुमाउरो पाराले तपाईंहरु…. । पहिला राणा चार किसिमका थिए, अहिले सांसदहरु त सात किसिमका छौँ । सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्ष लगायतहरु ए क्लासका राणा । उनीहरुसँग मन्त्री आफैँ गएर योजना माग्छन् । मन्त्रीज्यु, सभापतिज्यु भनेर आउँछन् । २५ जना मन्त्री बि क्लासका राणा । प्रत्यक्ष १६५ जना सि क्लासका राणा । अलिकति हाँहाँ हुँहुँ गर्ने सांसद डि क्लासका । समानुपातिक इ क्लसका । राष्ट्रिय सभा एफ क्लासका । भूगोल छैन, हामी अन्तरिक्षका हौँ र समानुपातिक । किन विभेद गरिएको ?’

सांसद शाहीले सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्षहरु ए क्लास, २५ जना मन्त्री बि क्लास, प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सि क्लास, चर्को बोल्नसक्ने डि क्लास, समानुपातिक इ क्लस र राष्ट्रिय सभा एफ क्लासका राणा भएको बताउनु भयो । समानुपातिक सांसदहरु अर्को अन्तरिक्षबाट नआएको भन्दै किन विभेद गरेको भन्ने उहाँको प्रश्न छ ।