८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

उखुखेतीबाट लाखौँ आम्दानी

उखुखेतीबाट लाखौँ आम्दानी
अ+ अ-

सुनसरी । नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा उखु खेतीमै रमाइरहनु भएको छ । उहाँले रोजगारीको जोहो भने यहीँबाट गरिरहनुभएको छ । जीवन गुजारालाई विदेशको पर्खाइ भने छैन उहाँलाई ।

उहाँ भन्नुहुन्छ, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने सोच भने कहिले पनि पलाएन ।” उहाँले तीन वर्षपहिले रु दुई लाख ५० हजारको लगानीबाट अढाई बिघा जमिनमा उखुखेती सुरु गर्नुभएको थियो । उहाँले अहिले लगानी पनि बढाउनु भएको छभने उखुखेतीबाटै वार्षिक रु पाँच लाख बढी आम्दानी गरिरहनुभएको बताउनुभयो ।

“उखुखेतीमा मजदुरको अभाव भने हँुदैन, मजदुर पनि पाइन्छ”, उहाँले भन्नुभयो, “तर जलवायु परिवर्तनले भने चुनौती थपिरहेको छ ।” उखु वृद्धि र उत्पादनमा वातावरणीय असन्तुलनले भने प्रत्यक्ष प्रभाव पारिरहेको उहाँको अनुभव छ । विशेषगरी उखुको बच्चा लाग्ने समयमा अत्यधिक वर्षा हुदाँ बोटको जरा सड्ने, उखु पहेँलो हुने अनि उत्पादनमा कमी आउने समस्या भने हुने गरेको महतोले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यस्ता असमान्य मौसम परिवर्तनले प्रभाव पार्दा दीर्घकालीन रुपमा उत्पादनमा गिरावट ल्याउनसक्ने सम्भावना भने बढाएको छ ।”

“उखुखेतीमा सफल हुन र आम्दानी बढाउन वैज्ञानिक प्रविधिको उपयोग तथा जलवायु अनुकूल रणनीति अवलम्बन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । यसो गर्दा उत्पादनमा अझ वृद्धि हुनसक्ने उहाँको भनाइ छ । उहाँका अनुसार उखु रोपेको नौदेखि १० महिनामा काट्ने मिल्ने हुन्छ । उखु रोपाइँ फागुनदेखि चैतसम्म मानिन्छ । यो समयमा रोपिएको उखु मङ्सिरदेखि माघभित्र पाकेर काट्न योग्य हुन्छ । अरू बालीजस्तो हेरचाह गरिरहनु नपर्ने भएका कारण उखुखेती गर्न सहज हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिक्रीका लागि बजारको समस्या भने हुँदैन, वार्षिक रुपमा एक हजार १०० देखि एक हजार २०० क्विन्टल बढी उखु उत्पादन हुँदै आएको छ ।” उत्पादित उखु सुनसरी र मोरङका विभिन्न चिनी उद्योगमा बिक्रीका लागि जाने गरेको उहाँले बताउनुभयो । महतोका अनुसार अहिले उखुप्रति क्विन्टल रु ६८५ मा बिक्री भइरहेको छ । उखुको मूल्य पछिल्लो समय केही वृद्धि भएकाले आफू सन्तुष्ट रहेको उहाँ सुनाउनुहुन्छ ।

“केही वर्षअघिसम्म प्रतिक्विन्टल रु ६०० सम्ममा उखु बेच्नुपथ्र्यो, अहिले मूल्य बढेको छ, यसमा म सन्तुष्ट छु”, उहाँले भन्नुभयो । उखुको मूल्य सरकारले नै निर्धारण गर्ने प्रावधान रहेको बताउँदै उहाँले भन्नुभयो, “मूल्य सरकारले नै तोक्ने भएकाले हामी किसानहरुलाई स्पष्ट हुन्छ अनि व्यापारी र हामी किसानमा मूल्यको मोलमोलाइ हुँदैन ।” प्रत्येक वर्ष याम सुरु हुनासाथ सरकारले मूल्य घोषणा गर्छ । सोही अनुसार चिनी उद्योगहरुले किसानसँग उखु खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

मकै, धान र कोदोको भन्दा कम लगानी तथा श्रम पनि कम लाग्ने साथै सरकारद्वारा मूल्य निर्धारण हुने हुँदा विश्वसनीयता हुनाका साथै सिधै चिनी मिलहरुसँगको सहकार्यले पनि उखुखेतीप्रति आफूलाई सहज र आकर्षित बनाएकाले उखुखेती गर्ने गरेको उहाँले बताउनुभयो ।

महतोका अनुसार वर्षमा रु आठ लाख बढीको उखु उत्पादन हुने गरेको छ । त्यसमा मल, मजदुर, गाडी भाडालगायतमा करिब रु दुई लाखदेखि रु दुई लाख ५० हजारसम्म खर्च हुने गरेको छ । बाँकी रु पाँच लाख बढी बचत हुँदा घर व्यवहार चलाउन सजिलो हुनाका साथै मेहनत अनुसारको आम्दानी हुने गरेको उहाँले बताउनुभयो । मौसमले साथ दिए अनि उखुमा रोग नलाग्ने हो भने अझ बढी आम्दानी हुने उहाँको विश्वास छ ।

“अहिलेसम्म उखु उत्पादन राम्रै भइरहेको र आम्दानी पनि राम्रै दिएको छ, केही वर्षपछि थप अझ बढाएर उखुखेती विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो, “पहिले अरू खेती गर्दा सोचेजस्तो आम्दानी हुन नसक्ने, दुःख र मेहनत लागे पनि उखुखेतीबाट भने कम लगानी कम मेहनतले आम्दानी भएपछि केही स्थायित्व आएको महसुस भने भएको छ ।”

उहाँका अनुसार उखु काट्ने समयमा ६० जनाभन्दा बढी कामदारलाई दैनिक रु ७०० ज्याला दिएर कामदार लगाइन्छ छभने उखुमा मल लगाउने समयमा दैनिकजसो छजना बढी कामदार राख्ने गरेको उहाँले बताउनुभयो । “मजदुरको अभाव भने खासै हुँदैन, ज्याला भने पहिलेको भन्दा अलिक वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “आफूलाई देशमा काम गर्ने मन र केही मेहनत भए आफ्नै देशमा धेरै सम्भावना छन्, मैले उखुखेतीबाट वर्षमा लाखौँ कमाइरहेको छु, विदेश गएर अरूको देश बनाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर कमाउनु गर्वको कुरा हो, विदेश पलायन हुनुभन्दा अगाडि एक पटक खेतबारीमा पनि फर्केर सोच्नुपर्छ सम्भावना धेरै छ ।” रासस