१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै जानुको कारण यस्तो बताउँछन् विज्ञहरु…

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै जानुको कारण यस्तो बताउँछन् विज्ञहरु…
अ अ+ अ-

काठमाडौँ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौंमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौंमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गरे।

उनले हालसम्म काठमाडौँ उपत्यकामा आयातीत व्यक्ति मात्र सङ्क्रमित रहेको जानकारी दिँदै जति जनालाई परीक्षण गरिएको छ ती सबै विदेशबाट आएको बताए । उनले १२ व्यक्ति अस्पतालमा जटिल रोग लिएर भर्ना भएका हुन्, उनीहरूलाई कसरी कोरोना सर्यो भन्ने विषय निक्र्यौल हुन सकेको छैन भने । डा. पाण्डेका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका व्यक्तिका घर, वरपरका व्यक्तिलाई कोरोना परीक्षण गर्न लागिएको जानकारी दिए । केही स्थानका टोल टोलमा परीक्षण गर्ने तयारी भइरहेको भन्दै शनिबार २५० जनाको कोरोना परीक्षण गरिएको बताए ।
काठमाडौंमा हालसम्म कोरोना देखिएकामध्ये सबैभन्दा बढी व्यक्ति कुवेत, साउदी, कतार लगायतका मुलुकबाट आएका व्यक्ति रहेको जानकारी उनले दिए। काठमाडौँमा देखिएका सङ्क्रमितमध्ये १२ जनाको मात्र कोरोनाको स्रोेत पहिचान गर्न नसकिएको स्पष्ट गर्दै उनले ती स्थानमा स्वाब सङ्कलन गर्न थालिएको बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासिनीले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण समुदाय स्तरमा गइसकेको दाबी गरे। सरकारले कोरोनाविरुद्ध गरेका काम कोरोना नियन्त्रणभन्दा पनि कोरोना सार्ने खालको भएको भन्दै उनले यही तरिकाबाट कोरोनाको जोखिम नघट्ने दाबी गरे । दैनिक सयौँ एम्बुलेन्स, गाडी थानकोट र साँगा नाकाबाट भित्रिरहेको भन्दै डा. मरासिनीले ती व्यक्तिबाट उपत्यकामा कोरोना भित्रिसकेको हुन सक्ने बताए। उपत्यका भित्रिने प्रमुख नाकामा प्रयोगशाला स्थापना गरेर बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने उनले बताए । कोरिया, अस्ट्रेलिया लगायतका मुलुकको उदाहरण दिँदै उनले नेपालमा पनि ती देशको मोडल अनुसार कोरोना नियन्त्रण सम्भव हुने जानकारी दिए । सरकारले कोरोनाविरुद्ध चालेका कदमले भने कोरोना नियन्त्रण हुनै नसक्ने उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौं उपत्यकामा देखिएका कोरोना सङ्क्रमित विदेशबाट आएको बताए । अहिलेको अवस्थामा काठमाडौँमा समुदाय स्तरमा कोरोना फैलिएको भन्न नमिल्ने उनले बताए ।

यसैबीच काठमाडौंँको ढलको पानीमा समेत कोरोना भाइरस देखिएको अनुुसन्धानले देखाएको छ । ढलको पानीमा गरिएको अध्ययनले कोरोना भाइरस पुष्टि भएको देखाएको हो । सार्स–२ इन्भाइरोमेन्टल सर्भिलेन्सले दुई महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले ढलको पानीमा कोरोना रहेको अध्ययनले देखाएको पुष्टि गर्दै यसले काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भएको प्रमाणित गरेको जानकारी दिए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले एक गैरसरकारी संस्थाले गरेको अध्ययनमा ढलको पानीमा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको बताए। उनले यो विषयमा अनुसन्धान नभएकाले ढलको पानी सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको स्पष्ट पारे । गोरखापत्र दैनिक