५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

आईपीएल फाइनलः तीन वर्षपछि नयाँ विजेता, १८ वर्षदेखि पहिलो उपाधिको खोजिमा दुबै टिम

आईपीएल फाइनलः तीन वर्षपछि नयाँ विजेता, १८ वर्षदेखि पहिलो उपाधिको खोजिमा दुबै टिम
अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेल आज पञ्जाब किंग्स (पीबीकेएस)र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ । दुबै टोलि १८ वर्षदेखि पहिलो उपाधिको पर्खाइमा छन् ।

खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । आईपीएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउनेछ । आईपीएलले अन्तिम पटक २०२२ मा नयाँ च्याम्पियन पाएको थियो, जहाँ गुजरात टाइटन्सले फाइनलमा राजस्थानलाई हराउँदै उपाधि चुमेको थियो ।

बैंगलोर चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका छन् । यो दुई टोली बीचको पहिलो फाइनल हुनेछ । आरसीबीले २००९, २०११ र २०१६ मा फाइनल हारेको थियो भने पीबीकेएसले २०१४ मा एक मात्र फाइनल हारेको थियो ।

आईपीएलको इतिहासमा हालसम्म पीबीकेएस र आरसीबी बीच ३६ खेल खेलिएका छन् । दुवैले १८–१८ खेल जितेका छन् । दुवै टोली नरेन्द्र मोदी रंगशालामा दोस्रो पटक भिड्नेछन् ।

यस सिजनको क्वालिफायर–१ मा पनि यी दुई टोली आमनेसामने भएका थिए, जहाँ बैंगलोरले खेल ८ विकेटले जितेको थियो । यो सिजनमा यी दुई टोलीबीचको चौथो खेल हुनेछ । बैंगलोरले २ पटक र पञ्जाबले १ पटक जितेको छ ।