२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिपछि पनि यातायात व्यवसायीले चलाएनन् गाडी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा आज पनि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर राति सम्म चलेको तेस्रो चरणको वार्तापछि सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी नचलाएका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ ।

यससँगै, उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् ।सवारी साधन नचलेपछि यात्रुहरू प्रभावित भएका छन् ।

यातायात व्यवसायीहरुले गण्डकीमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि काठमाडौँ उपत्यकालगायत देशभरका यातायात ठप्प पारेका छन् ।