९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बसपार्कमा राखिएको १२ वटा माइक्रोबसमा आगलागी



अ+ अ-

काठमाडौँ । आज (आइतबार) बिहानै काठमाडौँको नयाँ बसपार्कमा १२ वटा माइक्रोबसमा आगलागि भएको छ ।

ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागि हँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले  जानकारी दिएको छ । प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको छ ।

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६,  बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९,  बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।