३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यही जेठ २४ देखि



अ+ अ-

बैतडी। सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नायब वरिष्ठ प्रशासकीय अधिकृत टोपबहादुर विष्टका अनुसार धनगढीस्थित प्रदेश रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका नौवटै जिल्ला सहभागी हुनेछन् ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट भइसकेका बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रपति रनिङ शिल्ड खेलकुदका लागि छनोट हुने छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुनेछ । रासस