१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

कोरोना संक्रमणको थप जोखिममा काठमाडौं उपत्यका, यी हुन् आजसम्म संक्रमित भेटिएका ठाँउहरु…

कोरोना संक्रमणको थप जोखिममा काठमाडौं उपत्यका, यी हुन् आजसम्म संक्रमित भेटिएका ठाँउहरु…
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले काठमाडौं उपत्यका थप जोखिममा पर्दै गएको छ । बाक्लो जनघनत्व, बाहिरी जिल्लाबाट सर्वसाधारणको जथाभावी आवागमन, खुकुलो लकडाउन लगायतका कारण काठमाडौं उपत्यका थप जोखिममा परेको हो । हालसम्म काठमाडौं उपत्यकाभित्र १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । काठमाडौंका १ सय ९, भक्तपुरका २८ र ललितपुरका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म काठमाडौंका तीनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखामा संक्रमण देखिएको छ । यस्तै, ललितपुरको थसीखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नखिपोट, भैंसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठीमा संक्रमण देखिएको छ । भक्तपुरको बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायकमा पनि संक्रमण देखिएको छ ।

काठमाडौंमा भेटिएका १ सय १७ संक्रमितमध्ये १२ जनाको कुनै पनि ट्राभल हिस्ट्री नभएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले भने, ‘१ सय १७ मध्ये १२ जना व्यक्तिको कुनै पनि लिंक भेटिएको छैन । उहाँहरू विदेशबाट पनि आउनुभएको छैन । ट्राभल हिस्ट्री पनि देखिएको छैन ।’ उनले भैंसेपाटी क्षेत्रका १ सय १० जनाको प्रतिनिधिमूलक स्वाब संकलन गरिएको बताए । ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले लकडाउन खुकुलो हुँदा थप जोखिम बढेको बताए । उनले भने, ‘व्यक्तिगत दूरी कायम नगरी हिँड्दा र व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन नगर्दा जोखिम बढ्दै जाने देखिन्छ । स्वयं व्यक्ति सचेत हुन जरुरी छ ।’

यसैबीच, हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । शनिबार थप २ सय ३३ जनामा संक्रमण पुष्टि भएँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अुसार पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ । कुल संक्रमितमध्ये ३३ जनाको मृत्यु भएको छ । प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । हालसम्म २ लाख ४६ हजार २ सय ९७ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरीएको छ । हाल देशभर ३३ हजार १ सय २५ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

कहाँ कहाँ देखिए संक्रमित ?
काठमाडौंः तिनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखा
ललितपुरः थसिखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नखिपोट, भैंसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठी
भक्तपुरः बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायक
राजधानी
दैनिक