११ श्रावण २०८३, सोमबार
,
Latest
१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी.बी स्मृति प्रथम यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु



अ+ अ-

कर्णाली। नेपाल क्रिकेट सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टिबी) शाहको स्मृतिमा ‘टिबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

जेठ ३१ गतेसम्म हुने प्रतियोगिता कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा आजदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्दै खेल क्षेत्रले नवीन प्रतिभा जन्माउने र खेलाडीको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले खेलकुदको विकासले कर्णालीको पर्यटन प्रवर्द्धन, आर्थिक वृद्धि र पहिचान कायम गर्न सघाउने जनाउनुभयो । कर्णालीमा पहिलोपटक आयोजना भएको १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पहिलो दिन कोशी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भयो । पूर्वको कोशी प्रदेशले सुदूरपश्चिमलाई हराउँदै जितको रेकर्ड बनाएको छ ।

पहिलो खेलमा सुदूरपश्चिममाथि सात विकेटको फराकिलो जित निकाल्दै कोशीले प्रतियोगिताको पहिलो जित हात पारेको हो । टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङ दुवैमा नियन्त्रण राख्दै सुदूरपश्चिमको टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १०१ रन जोड्ने मौका दियो ।

सुदूरपश्चिमका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिँदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोड्नुभयो । अन्य कुनै ब्याटरले दोहोरो अङ्कको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।

कोशीका लागि निकै किफायती र प्रभावकारी सावित भएका राजीव महतोले पाँच ओभर तीन बलमा तीा दशमलव ८२ को औसतमा २१ रन खर्चिएर पाँच विकेट लिनुभयो । निकै अनुशासित बलिङ गर्नुभएका महतोले २३ डट खेल्दा दुई ओभरको ‘मेडन मेन्टेन’ गर्नुभयो ।

बलिङ र फिल्डिङलाई जितको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले तीन र सुयोग भट्टाराईले एक विकेट लिँदै सुदूरपश्चिमलाई पहिलो जितबाट रोक्नुभयो । १०२ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशीको पहिलो जितमा शिवांश बजगाईंको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।

२६ बल खेलेका शिवांशले छ चौका हान्दा उहाँलाई पछ्याएका ‘प्लेयर अफ दि म्याच’ राजीव महतोले नटआउट ३० रन बटुलेर टोलीको जित सहज बनाउनुभयो । ५९ रन खेलेका महतोले ५० को औसतमा चार चौकासहितको व्यक्तिगत ‘स्कोर’ खडा गर्नुभएको थियो । त्यसपछि घरेलु टोली कर्णाली र पाहुना टोली मधेस प्रदेशबीचको खेल कालुङचोक मैदानमा जारी रहेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएको छ । मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाउनुभयो भने सन्तु मण्डलले २८ रनको योगदान दिनुभयो । रासस




भर्खरै