२६ श्रावण २०८३, मंगलवार
,
Latest
काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम राख्ने माओवादी निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहने निर्णय गरेको हो ।

बैठक पछि बोल्दै सांसद माधव सापकोटाले भने, ‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको छ’।

त्यस्तै, बैठकले सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको भन्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ ।