१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम राख्ने माओवादी निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहने निर्णय गरेको हो ।

बैठक पछि बोल्दै सांसद माधव सापकोटाले भने, ‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको छ’।

त्यस्तै, बैठकले सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको भन्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ ।