९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकस्मात किन बस्यो सिंहदरबारमा प्रमुख तीनदलको बैठक ?



अ+ अ-

काठमाडौं ।  तीन शीर्ष नेताको बैठक केही बेर अघि सिंहदरबारमा सुरु भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सो बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री ओलीले सो बैठकको आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले केहीबेर अघि मात्र सो बैठकका लागि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बोलाउनु भएको थियो ।

सो बैठकमा राजावादीहरुको आन्दोलन, संसदको गतिरोध लगायत अन्य समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद बैठक अवरुद्ध गरिरहेका छन् । संसद बैठक भोलि रहेकाले संसदको गतिरोधका विषयमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ ।