७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकस्मात किन बस्यो सिंहदरबारमा प्रमुख तीनदलको बैठक ?



अ+ अ-

काठमाडौं ।  तीन शीर्ष नेताको बैठक केही बेर अघि सिंहदरबारमा सुरु भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सो बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री ओलीले सो बैठकको आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले केहीबेर अघि मात्र सो बैठकका लागि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बोलाउनु भएको थियो ।

सो बैठकमा राजावादीहरुको आन्दोलन, संसदको गतिरोध लगायत अन्य समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद बैठक अवरुद्ध गरिरहेका छन् । संसद बैठक भोलि रहेकाले संसदको गतिरोधका विषयमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ ।