५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

रसको प्रशिक्षणमा अभ्यस्त हुन थाल्यौं– किरण चेम्जोङ

रसको प्रशिक्षणमा अभ्यस्त हुन थाल्यौं– किरण चेम्जोङ
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न खेलाडीहरू विस्तारै अभ्यस्त हुन थालेको बताउनुभएको छ ।

एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को तयारीमा रहेको नेपाली टोलीका कप्तान किरणले नयाँ प्रशिक्षक म्याट रसको प्रशिक्षण शैलीमा अभ्यस्त हुन समय लागे पनि अहिले सहज भएको बताउनुभएको हो । छनोटको दोस्रो खेलमा नेपालले आगामी जुन १० मा घरेलु टोली लाओसविरुद्ध तयारी गर्दैछ । त्यसअघि नै नेपाली टोलीले आगामी बिहीवार हङकङसँग खेल्नेछ । यसैको अन्तिम तयारीमा नेपाली टोली अहिले जुटेको छ । कप्तान किरणले २५ दिन मैदानमा र पाँच दिन हाई अल्टिच्युड प्रशिक्षणपछि टोलीको तयारी राम्रो भएको बताउनु भयो । नयाँ प्रशिक्षक रसको प्रशिक्षणमा पहिलो खेलको तयारी त्यति प्रभावकारी बन्न नसकेको कप्तान किरणको भनाइ थियो ।

तर अहिले पर्याप्त तयारी मिलेको र प्रशिक्षको शैलीमा पनि अभ्यस्त भइरहेको कप्तान किरण बताउनु हुन्छ । उहाँले अहिले टिम स्पिरिट पनि बढेको र माहोल राम्रो भइरहेको विश्वास व्यक्त गर्नुभयो । टिम बन्डिङको हिसावले पनि हाइ अल्टिच्युट ट्रेनिङ प्रभावकारी बनेको उहाँको विश्वास छ । हाई अल्टिच्युडको प्रशिक्षणपछि समुन्द्री सतहमा प्रशिक्षण गर्दा सहज हुने अपेक्षासहित नयाँ प्रयोग भएको कप्तान किरणको भनाइ छ । यहाँबाट नयाँ र राम्रो अनुभव प्राप्त गरेको नेपाली टोलीको विश्वास छ । कप्तान किरणले पछिल्लो दुई हप्तामा रसको प्रशिक्षण शैलीलाई खेलाडीले बुझ्न थालेको पनि उल्लेख गर्नुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत फागुनमा अस्ट्रेलियाका रसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उहाँको प्रशिक्षणमा नेपालले छनोटको पहिलो खेल पनि खेलिसकेको छ । जुन खेलमा मलेसियासँग नेपाल २–० ले पराजित हुनुपरेको थियो । तर यो खेलमा सात दिनको प्रशिक्षणबाट खेलेको र जसको कारण नयाँ प्रशिक्षक दर्शन बुझ्न समय लागेको उहाँ बताउनु हुन्छ । तर पछिल्लो समयमा सुधार भएको उहाँको विश्वास छ । प्रशिक्षकले दिएको जिम्मेवारीअनुरूप खेलाडी तयार हुनुपर्ने उहाँको भनाइ छ । प्रशिक्षकको रणनीतिअनुरूप खेल्न नसक्दा टिमबाट बाहिरिनुको विकल्प पनि नहुने कप्तान किरणको बुझाइ छ । नेपाली टोलीका गोलकिपरसमेत रहेका किरणले खेलाडीको फिटनेससँगै डिफेन्स र काउन्टर अट्याकमा धेरै सुधार आएको विश्वास व्यक्त गर्नुभयो ।

समग्रमा भन्नुपर्दा रसको प्रशिक्षणमा पहिलो खेलभन्दा टोलीमा धेरै सुधार आएको उनी बताउनु हुन्छ । त्यसैले लाओसमा जित्नकै लागि खेल्ने कप्तान किरण बताउनु भयो । हङकङसँगको मैत्रीपूर्ण खेलले लाओसविरुद्ध भिड्नुअघि टोलीलाई तयार बनाउने उहाँले बताउनु भयो ।  जुनियर र सिनियर खेलाडी एकआपसमा राम्रोसँग घुलमिल भएको कप्तान किरणले बताउनु भयो । नेपाली टोलीका प्रशिक्षक रसले लामो समयदेखि तयारीपछि टोलीमा सुधार आएको आशा व्यक्त गर्नुभयो । मनाङमा हाई अल्टिच्युट प्रभावकारी बनेको उहाँको विश्वास छ । खेलाडीलाई पर्याप्त रेस्टपछि फिटनेसमा पनि काम भएको उहाँले बताउनु भयो । टोलीमा केही सुधार गर्ने उद्देश्यले नै हाइ अल्टिच्युड प्रशिक्षण गरेको प्रशिक्षकको भनाइ छ ।

उनले टिम छनोट गर्न आफ्ना लागि धेरै कठिन रहेको पनि उल्लेख गर्नुभयो । प्रशिक्षक रसले हङकङ धेरै राम्रो टोली भए पनि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो ।  जित निकाल्न लक्ष्यसहित मैदान उत्रने उहाँ बताउनु हुन्छ । मलेसियासँगको खेलबाट ट्याक्टिल रूपमा सुधार आवश्यक देखेको उहाँले बताउनु भयो । त्यसपछि केही केही पक्षमा काम गरेको उहाँले बताउनु भयो । खेल अवधिभर नै एकै किसिमको प्रदर्शन जारी राख्न काम गरेको प्रशिक्षक रसले बताउनु भयो । खेलाडी सदैव फिट रहने सधैजसो राम्रो जीवनशैली अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । उहाँले पनि आफ्नो फुटबल शैलीमा खेलाडीलाई खेल्न गाह्रो नभएको बताउनु भयो । केही पक्षमा बुझ्न गाह्रो भएपनि खेलाडीले छिट्टै त्यसबारे सोध्ने गरेको उहाँको अनुभव छ ।

एशियन कप २०२७ को छनोट चरणको आगामी खेलमा राम्रो नतिजा प्रशिक्षक रसको विश्वास छ । केही युवा खेलाडी टोलीमा रहनुले आक्रामण चुस्त बन्ने आशामा प्रशिक्षक रस हुनुहुन्छ ।  छनोटको अन्तिम चरणमा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन् । नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ ।