१४ असार २०८३, आईतवार
,
Latest
सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीप्रति लक्षित इँटको जवाफ पत्थरले दिनुपर्ने बताउनुभएको छ ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले राजावादीहरुप्रति कटाक्ष गर्दै अध्यक्ष दाहालले आफूहरु कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताउनु भयो । उहाँले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरु रहेको भन्दै सान्त्वना दिनुभयो । जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो । माओवादीले चलाएको अभियान आवश्यक परेको बेलामा अर्को क्रान्तिको तयारी भएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले आउने दिनमा क्रान्ति गरेर वा निर्वाचनबाट नेपाल माओवादीले लिनैपर्ने नत्र बर्बाद हुने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्नेकुरा पनि जनतालाई भन्ने । तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्नेकुरा गर्नुस् । हामी छौँ । जरुरी प¥यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ । मैले के भन्ने गरेको छु हुलाकी मार्गमा पनि माथि पनि भनेँ, हामी अहिले जुन अभियान चलाएका छौँ त्यो जरुरी प¥यो भने अर्को क्रान्तिको तयारी हो । अरु केही होइन । जनतासँग नजोडिकन त क्रान्ति हुँदैन । अर्को समाजवादी क्रान्तिको तयारी हो ।’

अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रकै जिम्मेवारी रहेको बताउनु भयो ।